मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।
थपलिया चितवन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका उनी एमालेका निर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य पनि हुन् । प्रदेशसभामा एमाले २७ सिटसहित दोस्रो ठूलो दल बनेको छ ।
जेष्ठ सदस्यको रुपमा उनले बिहीबारको संसदीय दलको अध्यक्षता गरेका थिए । थपलिया एमालेको केन्द्रीय सदस्य समेत हुन् भने उनी २०७४ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार थिए । बागमती प्रदेशसभामा एमालेबाट प्रत्यक्ष तर्फ १३ र समानुपातिक तर्फ १४ जना गरि २७ जना सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया