माओवादी बागमती प्रदेशले भोलि दलको नेता चयन गर्दै

लोकपथ
65
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलको नेता भोलि चयन गर्ने भएको छ । काठमाडौं अनन्दभुमी इभेन्ट्स पार्टी प्यालेसमा दलको बैठक भोलि बिहान १० बजे बोलाएको सांसद गंगानारायण श्रेष्ठले बताए । माओवादी बागमती प्रदेशको दलको बैठकबाट नेता चयन गर्ने बताएको छ ।

दलका नेता हुन सांसद सालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेल मुख्य दाबेदारको रुपमा देखिएका छन् । पार्टी पोलिटब्यूरो सदस्य जमरकट्टेल र प्रदेश अध्यक्ष पौडेलले आ–आफ्नो दाबी छोडेका छैनन् । दलको नेता सर्वसम्मत नभएमा चुनावी प्रतिस्पर्धा हुन सक्ने बताएको छ ।

यस्तै नेपाल समाजवादी पार्टीबाट गंगानारायण श्रेष्ठले दाबी गरेका छन् । आफू समेत दलको नेतामा प्रतिस्पर्धा गर्ने श्रेष्ठको भनाई छ । दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था भएकाले नेताहरुवीच प्रतिस्पर्धा देखिएको छ । माओवादीबाट कुल २१ सांसद छन् । यसअघि २३ जना सांसद थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?