काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा तयारी गरेका छन् । रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।
उनका अनुसार काठमाडौंको कोटेश्वरस्थित तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो । सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया