मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहद्वारा सम्झौता पत्रमा हस्ताक्षर

लोकपथ
52
Shares

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले बुधवार (हिजो) ‘ग्रयाजुएट स्कुल अफ ल’ का लागि शैक्षिक तथा प्रशासनिक कृयाकलाप सञ्चालन गर्ने उदेश्यका साथ तीन विघा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मिटिङ्ग हलमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का वडाधक्ष्य ऋषि गिरी, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराक्रम सिंह ठकुरी र नौलो सुधार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशन बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पत्र अनुसार वीरेन्द्रनगर नगरपालिका, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चाँदन चौकी, र नौलो सुधार सामुदायिक वन उपभोक्ता समितिले सम्झौता मितिकै दिनदेखि उक्त जग्गा र भौतिक संरचना मध्यपश्चिम विश्वविद्यालयलाई हस्तानान्तरण गर्ने सहमति भएको हो ।

कर्णाली प्रदेश सभाका सदस्य जानकी सिंह, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल, कर्णाली प्रदेश सरकारका पूर्व न्यायधिवक्ता विद्याभुषण मानन्धर, ग्रयाजुएट स्कुल अफ लका डाइरेक्टर उपेन्द्र बहादुर वि.क.लगायत सम्बन्धित व्यक्तित्वहरुले साक्षी तथा उक्त स्थानमा ग्र्याजुएट स्कुल अफ ल स्थापनार्थ पूर्ण सहयोग गर्ने प्रतिवद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षर कार्यक्रमको प्रत्यक्ष प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?