काठमाडौं । सत्ता साझेदार सात दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा समिति गठन गर्ने तयारी गरेको छ । सरकारमा सहभागि सात दलको आज बसेको बैठकले पाँच दिनभित्र बनाउने निर्णय गरेकाे हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा हरेक दलको प्रतिनिधिसहितको समिति बनाइने उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी थिए ।
उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेल राप्रपा पनि सरकारमा जानका लागि लचिलो रहेको बताए । न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने उनले बताए । मन्त्रिपरिषद् विस्तारका लागि व्यापक छलफल भएपनि अहिल्यै टुंगो नलागेको उनको भनाइ छ । गठबन्धन दलहरूबीच प्रदेशसम्म प्याकेजमै सहमति हुने पनि उनले सुनाए ।
बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको लामिछानेले बताए । क्षमताका आधारमा मन्त्री नियुक्त गर्ने समझदारी भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया