सत्ता साझेदार दलको बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सत्ता साझेदार दलहरुको बैठक बिहान ९ बजे बस्ने तय भएको जनाएको छ ।
बैठकमा सहकार्यलाई बलियो बनाउँदै न्युनतम साझा कार्यक्रम तय गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै मन्त्रिपरिषद् विस्तार गर्न भागबण्डाका विषयमा पनि छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया