बागमती प्रदेशको प्रदेशसभा आह्वान

लोकपथ
0
Shares

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । आजको बैठकले एउटामात्र निर्णय गरेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?