१३ मङ्सिर २०८०, बुधबार

बाम गठबन्धन थप बलियो बन्यो, राष्ट्रिय जनमोर्चा थपियो

२०७४,कार्तिक,४,शनिवार १३:३१

0
Shares

काठमाडौँ, ४ कात्तिक – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ ।आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच आज सहमति भएको हो ।सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक÷एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् । यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक÷एक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ ।सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाई सघाउने तीन दल सहमति भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आज संयुक्तरुपमा जारी विज्ञप्तिमा जनाइएको छ ।गत असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग पनि तालमेल गर्ने निष्कर्षमा पुगेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,४,शनिवार १३:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८