कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी

लोकपथ
42
Shares

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकटका पाण्डेले १८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

पाण्डेसँग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले ८ मत ल्याए भने एक मत बदर भएको थियो । इतर समूहका अर्यालले आफ्नै समूहका भनिएका सांसदको मत पनि पाएनन् । उनी निकट सांसदले १३ मत आंकलन गरेका थिए । गण्डकीमा कांग्रेसका २७ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?