बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित

लोकपथ
845
Shares

हेटौँडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् ।

बुधबार दिउँसो आएको निर्वाचनको परिणाम अनुसार लामा २१ मतसहित निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्दी ईन्द्रबहादुर बानियाँले १६ मत मात्रै प्राप्त गरेका छन् ।

संसदीय दलको नेता चयनका लागि बुधबार दिउँसो प्रदेशको राजधानी हेटौँडामा निर्वाचन भएको थियो ।

११० सदस्यीय बागमतीमा नेपाली कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी ३७ सिट जितेको छ ।

लामा र बानियाँ दुवै संस्थापन पक्षमा नेता हुन् । दुवैलाई मिलाएर सर्वसम्मत दलको नेता चयन गर्ने ठूलो कसरत भए पनि दुवै नेताले आ–आफ्नो दाबी नछाडेपछि निर्वाचन भएको थियो । यद्यपी लामालाई संस्थापसहित इतर समूहको समेत साथ रहेको थियो ।

मंसिर ४ को निर्वाचनमा लामा नुवाकोट क्षेत्र नं २ प्रदेश सभा ख बाट निर्वाचित भएका हुन् भने बानियाँ मकवानपुर क्षेत्र नं २ प्रदेश सभा ख बाट निर्वाचित भएका हुन् ।

लामा हाल हाल पार्टी केन्द्रीय सदस्य रहेका छन् भने बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।

यो पनि

बाग्मतीमा बहादुर कि बानियाँ ? : निर्णायक कोइराला पक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?