बागमती प्रदेशका जेष्ठ सदस्य ढुंगानाले लिए शपथ

लोकपथ
169
Shares

काठमाडौं । बागमती प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका ग्रहण गरेका छन् ।

बुधबार जेष्ठ सदस्य ढुंगानाले प्रदेशको राजधानी हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका हुन् ।

उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।

ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरण अनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो ।

सभामुख र उपसभामुखको निर्वाचन हुनु भन्दा अगाडी सभाको जेष्ठ सदस्य बैठक प्रारम्भ गर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यससँगै ढुंगानाले अन्य सांसदहरुलाई पद तथा गोपनियताको शपथ गराउनेछन् ।

बागमती प्रदेश सभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी कुल ११० सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?