कांग्रेसले माघ १५ गतेसम्म अन्तर्घात गर्नेको सूची पठाउन थप्यो समय

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन समय थप गरेको छ ।

आगामी माघ १५ गतेसम्म सूची पठाउनका लागि समय थप गरेको हो । पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी केन्द्रमा पठाउन कांग्रेस केन्द्रीय अनुशासन समितिले आज निर्देशन दिएको छ । समितिले यसअघि १५ पुसभित्र सूची पठाउन प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।

त्यतिबेला कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको पनि सूची पठाउन भनेको थियो । पुस १० मा गठबन्धन भत्किएपछि कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई माफी दिने देखिएको छ । कांग्रेस सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरूबारे कुनै उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?