प्रचण्ड–ओलीबीच दुई घण्टा लामो छलफल, के–के भयो कुराकानी ?

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको छ ।

बुधबार दिउँसो एमाले अध्यक्ष ओली, प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए । करिब दुई घण्टा लामो भेटघाटमा सरकारको कामकारबाही कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी गराएका छन् ।

‘लामो समय उहाँहरु बसेर छलफल गर्नुभयो । भेटमा पहिलो क्याबिनेटबाट जनतालाई सेवा प्रवाह गर्ने सुशासनका विषयमा भएका निर्णय कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ ।’ मल्लले भने ।

सरकारको मुल नीति कार्यक्रम बनाउँदै काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको उनले बताए ।

त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सामेल गराउने विषयमा समेत छलफल भएको उनले संकेत गरेका छन् ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डले नेपालसँग भेटेका थिए । भेटघाटका क्रममा उनी सकारात्मक भएको भन्दै नेपाल पनि सरकारमा सामेल हुने संकेत उनले गरेका छन् ।

सरकार सञ्चालनसहित थप विषयमा छलफल गर्न भोलि प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा सत्ता साझेदार दलहरुको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?