राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यी विषयमा हुँदैछ छलफल

लोकपथ
65
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकमा विभिन्न प्रस्तावहरु तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुन लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आज बस्ने बैठकमा पार्टीले नयाँ सरकार गठनमा समर्थन गरेपनि सरकारमा जाने वा नजाने भन्नेबारे छलफल हुने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक विभिन्न सातवटा प्रस्तावहरुमाथि छलफल गर्न लागेको बताइएको छ ।

यी हुन् बैठकमा छलफलका एजेण्डा

१) पार्टी सरकारमा सहभागि हुने वा नहुनेबारे

२) निर्देशन समितिबारे (मिति २०७८/११/१८ गते सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अध्यक्ष ज्युलाई निर्देशन दिएको)

३) केन्द्रीय कार्यसमितिको बैठक बस्ने बारे

४) लेबी र सांसदहरुको स्वकीय सचिव बारे

५) लिखित तथा सामाजिक सञ्जालमार्फत् राजीनामा दिएका र पार्टी हित विपरीत कार्य गर्ने केन्द्रीय सदस्य तथा जिम्मेवार कार्यकर्ताको राजनीनामा स्वीकृति/कारबाही गरी गरी निर्वाचन आयोगमा अध्यावधि गर्ने बारे

६) प्रदेश संसदीय दलको नेताले प्रदेश सांसद र सरकारको निर्णय गर्न केन्द्रीय अध्यक्षसँग स्वीकृति लिनुपर्ने बारे

७) विषेश बैठक कोठा र अपांगमैत्री शौचालय निर्माण गर्ने बारे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?