कांग्रेसले पुस १० को घटनालाई सामान्य रुपमा लिनु हुँदैन : सहमहामन्त्री परियार

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्य रुपमा कांग्रेसीहरुले लिन नमिल्ने बताएका छन् ।

बुधवार कांग्रेस संस्थनापन इतरपक्षहरुको भेटघाटका क्रममा उनले यस्तो बताएका हन् ।

सहमहामन्त्री परियारले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको बताए । उनले राजनीतिक रुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरंगित बनेको बताए । उनले केन्द्रीय कार्यसमितिको बैठकमा यसको समीक्षा हुन जरुरी रहेको बताए ।

उनले संस्थानपन इतर पक्षको बैठकमा पुस १० गतेको राजनीतिक घटनाक्रम समसामयिक राजनीतिको विषयमा छलफल भएको बताए । उनले बैठकमा विशेष महाविधेशन बोलाउने कुरामा छलफल नभएको पनि स्पष्ट पारे । उनले केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसका पार्टीले देशभरका जनताको भरोसालाई निराशामा पैदा गरेको बारेमा पनि छलफल हुने बताए ।

उनले भने, ‘आजको छलफलमा पुस १० गतेको घटना सामान्य घटना होइन । नेपाली कांग्रेसको विषयमा कुरा गरेका छौँ । हामीले धेरै ठूलो तात्विक असर गर्छ । राजनीतिक रुपमा यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ । जनताको भरोसा र विश्वासलाई हाम्रो नेतृत्वले दिन सकेन । केन्द्रिय कार्यसमितिको बैठकमा यसको समीक्षा हुनुपर्छ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भयो । अहिले नै हामीले विशेष महाधिवेशन बोलाउने कुरा विविध विषयको बारेमा छलफल भएको छैन । केन्द्रिय कार्यसमितिका साथीहरुको भेलामा देशभरमा निराशा पैदा भएकोबारे गम्भीर छलफल गर्नेछौँ ।’

पार्टीका अर्का सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रिय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए । उनले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बताए । उनले पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजिनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको भएपनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने बताए ।

उनले भने, ‘हाम्रो पार्टीमा निराशा भएको कुरामा कसले कहाँबाट गल्ती भएको हो त्यसमा समीक्षा हुनुपर्छ भन्नेबारेमा खुला ढंगले छलफल गर्नेछौँ । हाम्रो निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ । पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजिनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ । यो विषय कार्यसमितिको बैठकमा निर्णयमा पु-याउनु पर्छ ।’

नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोईराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?