प्रचण्डले माधव नेपाललसँग स्वीकारे गल्ती, सरकारलाई समर्थन दिन आग्रह

लोकपथ
56
Shares
file photo

काठमाडौं । गठबन्धन टुटेपछि पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको हो ।

भेटघाटको क्रममा प्रचण्डले गठबन्धन टुटाउने निर्णयबारे नेपालले असन्तुष्टि व्यक्त गरेका थिए । गठबन्धनकै नेतृत्वमा सरकार बनाउने खेल भइरहँदा प्रचण्ड एमालेसँग मिलेर सरकार बनाएकोमा उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

सो क्रममा प्रचण्डले आफूले बालुवाटारबाट एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने बखत जानकारी नगराएको भन्दै आफ्नो गल्ती स्वीकार गरेका थिए । विकसित परिस्थिती र गठबन्धनमा कुरा नमिलेपछि आफू तत्काल नयाँ विकल्पका लागि बालकोट जानुपर्नेको सुनाएका थिए ।

भेटघाटका क्रममा प्रचण्डले नेपाललाई सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । नेपालको सरकारप्रति सकारात्मक रहेको संकेत गरेपछि सरकारलाई समर्थन गर्न ढिला नगर्न आग्रह गरेका थिए ।

नेपाल सकारात्मक जस्तो देखिएपछि सरकारमा सामेल अन्य दलहरुसँग समेत छलफल गर्ने वातावरण बनाउने तयारी भइरहेको छ । त्यससँगै केहीबेरअघि एमाले अध्यक्ष ओली प्रचण्डलाई भेट्न प्रचण्ड निवास पुगेका छन् । सो क्रममा नेता नेपाललाई समेत बोलाइएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?