बागमतीमा माओवादी संसदीय दलको नेता छान्न बैठक बस्दै

लोकपथ
39
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते काठमाडौंमा बस्ने भएको छ ।

काठमाडौंको कुन स्थानमा बस्ने भन्ने विषयमा टुंगो लागि नसकेको प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले बताए ।

पुस १५ गतेको संसदीय दलको बैठकबाट नेता चयन हुने भएको छ ।

दलको नेतामा सांसद पौडेल र सालिकराम जमरकट्टेलले दाबी गरेका छन् । सर्वसम्मत रुपमा दलको नेता चयन नभएमा चुनावी प्रतिस्पर्धा गर्ने पौडेलले भन्दै आएका छन् ।

पौडेलले दलको नेता नछोड्ने भएपछि चुनाव हुने सम्भावना देखिएको छ । दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले पौडेल र जमरकट्टेलबीच प्रतिष्पर्धा हुन सक्छ ।

बग्मती प्रदेशमा माओवादीका २१ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?