प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

लोकपथ
156
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान दुई नेताबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ । ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गरेको बुझिएको छ । यसअघि मंगलबार बेलुका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?