पोखरा स्काई स्पोर्टसको ओपनिङमा स्वप्न सुमनदेखि एड्रिनसम्म

पोखरा । पोखरा स्काई स्पोर्टसको ग्राण्ड ओपनिङमा पोखरामा ग्राण्ड कन्सर्ट गरिने भएको छ । पोखराको न्युरोडमा रहेको भाटभटेनीको मथिल्लो तल्लामा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतका चर्चित गायकले प्रस्तुति दिने भएका छन् ।

आयोजकका अनुसार स्काई स्पोर्टस तीन दिनसम्म चल्नेछ भने ओपनिङमा कन्सर्टसँगै फेशन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुति रहनेछन् ।

विगत तीन वर्षदेखि निर्माण थालिएको ‘पोखरा स्काइ स्पोर्टस’ मा खेल, मनोरञ्जन, खाना, फिटनेसजस्ता सुविधा एकै छानामुनि उपलब्ध हुने आयोजकले जनाएको छ । 

प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भीआईपीहरुको उपस्थिति रहनेछ । कार्यक्रम यही मंसिर २८, २९, पुष १ गते गरी तीन दिन सम्म चल्नेछ । स्काई स्पोर्टसमा फुटसल, लङ टेनिस, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुल र भर्चुअल रियालीटी प्लेस्टेशनको समेत सुविधा रहनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?