‘पर्ख र हेर’ को रणनीतिमा जसपा !

लोकपथ
52
Shares
Upendra Yadav

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ । जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन ।

यही पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनकाअनुसार जसपाले अहिले ‘पर्ख र हेर’ को रणनीति लिएको छ ।

यसैगरी उक्त पार्टीले अहिलेसम्म पार्टीको संसदीय दलको नेतासमेत चयन गरेको छैन । प्रतिनिधिसभामा सो दलको १२ सिट रहेको छ । प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जसपासहित सात दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको छ र नागरिक उन्मुक्ति पार्टीको चार सिट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?