काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा जान सुझाव दिएका छन् । आज (मंगलबार) समाजवादीका अध्यक्ष नेपाललाई भेटेर उनले प्रचण्ड नेतृत्वको नयाँ सरकारमा सहभागि हुन सुझाव दिएका हुन् ।
भेटमा गौतमले प्रचण्डले माधवलाई ठूलो धोका दिएकाले प्रचण्डले अब स–सम्मान सरकारमा लैजानुपर्ने बताएको एमालेका एक नेताले बताए । गौतमको भनाइ उदृत गर्दै ती नेताले भने, ‘प्रचण्डले उहाँलाई ठूलो धोका दिनुभयो अब फूलमाला लगाएर सरकारमा सहभागि गराउनुपर्छ ।’
आज नै समाजवादीका अध्यक्ष नेपालले पार्टीका नेताहरूसँगकाे भेटघाटमा प्रचण्डबाट आफूलाई ठूलो धोका भएको भन्दै दुखेसो व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया