एमालेले २४ जिल्लामा उम्मेदवारी टुङ्गो लगायो (सूचीसहित)

काठमाडौँ, ४ कात्तिक – नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबारको ८८ औंँ बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमाले र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको पार्टी केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।पहिलो चरणमा निर्वाचन हुने जिल्लामा पार्टीका तर्फबाट टुङ्गो लगाइएका उम्मेदवारःदार्चुला– प्रतिनिधिसभा– गणेशसिंह ठगुन्नाप्रदेशसभा – वीरबहादुर ठगुन्नाबाजुरा– प्रतिनिधिसभा – लालबहादुर थापाप्रदेशसभा १– बलदेव रेग्मीप्रदेशसभा २– प्रकाश शाहबैतडी– प्रतिनिधिसभा– दामोदर भण्डारीप्रदेशसभा २– लीलाधर भट्टबझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंहप्रदेशसभा– अर्जुन थापाडोल्पा– प्रतिनिधिसभा – धनबहादुर बुढाप्रदेशसभा १– नन्दसिंह बुढामुगु– प्रतिनिधिसभा– गोपाल बमप्रदेशसभा १– दानसिंह परियारप्रदेशसभा २ – चन्द्रबहादुर शाहीजुम्ला– प्रदेशसभा २– पदमबहादुर रोकायाकालीकोट–प्रदेशसभा १– कुर्मराज शाहीजाजरकोेट प्रदेशसभा १– नीरज आचार्यप्रदेशसभा २– करवीर शाहीमुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन वा महेन्द्र थकालीप्रदेशसभा १ –इन्द्रधारा विष्टप्रदेशसभा २– प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकालीमनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङप्रदेशसभा २– खण्डा लामा गुरुङप्रदेशसभा १– दोर्जे डण्डल गुरुङम्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापाप्रदेशसभा २– नरदेवी पुनलमजुङ– प्रदेशसभा १ –धनञ्जय दवाडीप्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङगोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेतरसुवा– प्रतिनिधिसभा – जनार्दन ढकालप्रदेशसभा १– कन्र्याल तामाङनुवाकोट– प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडाप्रदेशसभा –१ केशव पाण्डेप्रदेशसभा २– बद्री मैनालीधादिङ– प्रतिनिधिसभा १– भूमि त्रिपाठीप्रदेशसभा १– राजेन्द्रप्रसाद पाण्डेप्रतिनिधिसभा २– खेम लोहनीप्रदेशसभा १– डा रामकुमार अधिकारीपाँचथर– प्रतिनिधिसभा– वसन्तकुमार नेम्बाङप्रदेशसभा १– गणेशकुमार काम्बाङताप्लेजुङ– प्रतिनिधिसभा– योगेशकुमार भट्टराईप्रदेश १ – बलबहादुर साम्सोहाङसंखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतमप्रदेशसभा २–तुलसी न्यौपानेभोजपुर– प्रदेशसभा १– राजेन्द्रकुमार राईप्रदेशसभा २– शेरधन राईओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवारप्रदेशसभा १– अमिरबहादुर गुरुङसोलुखुम्बु– प्रदेश १ –मानवीर राईप्रदेशसभा २– बुद्धिकुमार राजभण्डारीखोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराईप्रदेशसभा १– राजन राईरामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेलप्रदेशसभा २ – कैलाश ढुङ्गेलबाग्लुङ जिल्लाका हकमा राष्ट्रिय जनमोर्चासँगको परामर्शमा तथा सिन्धुपाल्चोक जिल्लाका हकमा माओवादी केन्द्रसँग थप परामर्श गरेपछि उम्मेदवार घोषणा गरिने जनाइएको छ । त्यस्तै पार्टीले बृहत्तर वाम एकताका लागि पार्टीले आवश्यकतानुसार प्रस्तावित नाममा सामान्य परिवर्तन पनि गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?