उमंग म्यूजिकले ल्यायो ‘ओ सुवा नगर दायाँबायाँ’ बजारमा

लोकपथ
1.7k
Shares

काठमाडौं । उमंग म्यूजिक प्रा.लि.ले नयाँ गीत सार्वजनिक गरेको छ । अनु चौधरी र रुपक थापाको स्वरमा उमंग म्यूजिकले गीत बजारमा ल्याएको हो ।

पुस १० गते लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलको युटुव च्यानल पुरुशोत्तम पौडेलबाट बजारमा पठाइएको गीतको शब्द शिब पौडेलले रचना गरेका हुन् । गीतमा सप्तऋषी म्यूजिकका सञ्चालक तथा संगीतकार ऋषी खड्काले संगीत भरेका छन् ।

केशव बडूको एरेन्ज रहेको ओ सुवा नगर दायाँबायाँ बोलको गीत मारुनी डिजिटल रेकर्डिङ स्टूडियोमा रेकर्ड भएको निर्माता टोलीले जनाएको छ । गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गर्दा कुमार रानाले अडियो सम्पादन गरेको उमंग म्यूजिकले जनाएको छ ।

यस्तै, भिडियो तर्फ विक्रम चौहानद्वारा निर्देशित गीत ओ सुवा नगर दायाँबायाँमा बिमल अधिकारी र यसु भट्टराईको अभिनय देख्न सकिन्छ । दिपक गिरी र उनको टोलीले छयांकन गरेको गीतमा अमृत चापागाईंको भिडियो सम्पादन तथा कलर रहेको छ । गीतको पाेष्ट प्रोडक्शन भने उमंग फिल्मस् नेपालले गरेको छ ।

भिडियो :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?