नयाँ सरकारसँगै सेयर बजारमा उछाल, नेप्से परिसुचक ६० अंकले बढ्यो

लोकपथ
104
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’ ले नेतृत्व सम्हाले यता लगातार शेयर बजारमा उछाल आएको छ ।

हिजो सोमवार प्रचण्ड प्रधानमन्त्री भएपछि उच्च अंकले बढेको शेयर बजारले कारोबारको तेस्रो तथा प्रचण्ड प्रधानमन्त्री बनेको दोस्रो दिन आज मंगलवार पनि उच्च अंकको गगन चुमेको छ ।

शेयर बजारमा आज ५९ दशमलव ८७ अंकको वृद्धि हुँदा एक हजार नौ सय ८३ दशमलव ९५ को विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेर हरियाली बनेको छ । शेयर बजारमा बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नौ लाख रुपैयाँको शेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?