पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल’को सातौं संस्करण हुने

पोखरा । पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल’को सातौं संस्करण आगामी पुस ७ देखि १० गतेसम्म  हुने भएको छ ।

सोमबार राजधानीमा आयोजित बुकवर्म फाउन्डेसनले यस पटक साहित्य उत्सवमा सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी रहने र तीन दर्जन भन्दा बढी सेसन र अन्य थप रोचक सामग्री समावेश हुने जानकारी  दिएका छन् ।

सन् २०११ मा ‘‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने नारासहित काठमाडौंबाट सुरु भएको फेस्टिभलको चार संस्करण काठमाडौंमा नै गरेपछि साहित्य तथा साहित्यकारलाई काठमाडौंको प्रदूषणबाट सुन्दर नगरी पोखरा पु-याइएको आयोजकको भनाइ छ ।

रविन गिरीका अनुसार फेस्टिभलमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटसँग मास्टर कार्यशाला तथा ब्रिटिस काउन्सिलको क्रिएटिङ हिरोइन्स प्रोजेक्ट प्रदर्शनी  पनि गरिने बताएका छन् ।  उनका अनुसार फेस्टिभलमा अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रेमिट्यान्सलगायत विषयमा समेत छलफल गरिने बताए । 

यस पटकको फेस्टिभलमा पाकिस्तानका मोहम्मद हनिफ, भारतकी नमिता गोखले, प्रज्वल पराजुली, नेपालकी मन्जुश्री थापा, पाकिस्तानकी सब्रिना टोप्पा, बेलायतकी डा निकोला स्ट्रिटेन तथा भारतका हरिश नाम्बियार र ए एस अनुपमलगायतको सहभागिता रहनेछ ।

निर्देशक अजित बरालका अनुसार नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारलाई सम्मानका साथ स्थान दिने काममा फेस्टिभल उत्प्रेरक बनेको बताए ।

फेस्टिभल पाठकले मनपरेका लेखक र लेखकले पाठक भेट्ने थलो हुने भन्दै उनले फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन हुने बताए ।  यसपटक साहित्य महोत्सवमा नयाँ लेखक र साहित्यकार पनि वक्ता रहने जानकारी दिए ।

रेमिट्यान्स कम्पनी आइएमई ग्रुप र फाउण्डेसनबीच फेस्टिभल प्रायोजन सम्झौता भएको जानकारी दिँदै बरालले महोत्सवको नाम यसपटक पटक ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल’ भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?