काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।
कांग्रेसले आगामी पुस २२ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकमा विभिन्न ३ एजेण्डामा छलफल हुने बताइएको छ ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा, गठबन्धनलाई जोगाउन नसकेको पछिल्लो राजनीतिक घटनाक्रम र अन्य विषयमा समेत छलफल हुने मुख्यसचिव पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया