बुवा प्रति समर्पित गित “आफै जान्ने…” बजारमा

लोकपथ
39
Shares

काठमाडौं । मगन इन्टरटेनमेन्टको ब्यानरमा र रजिन महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सर्ट फिल्म “उच्च शिक्षा” बाट प्रोमोशनल गित “आफै जान्ने” सार्बजनिक भएको छ ।

लेखक तथा पत्रकार ईश्वर दाहालको शब्द रचना र सुरेन्द्र श्रेष्ठको म्युजिक एरेन्ज रहेको यो गितलाई निर्देशक महर्जनले आफै संगीत र स्वर दिएका छन् ।

बैदेशिक शिक्षाको बढ्दो मोह र त्यसबाट सामान्य परिवारमा हुन सक्ने तिक्तताको बिषयलाई लिएर निर्माण भएको सो सर्ट फिल्म माघ १२ गते मगन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज भएको छ ।

लक्ष्मीकुमार महर्जन, क्रिशल श्रेष्ठ, कृष्ण भक्त महर्जनलगायत कलाकारहरुको अभिनय रहेको सर्ट फिल्ममा नभनिएको एक कथाको अंश जसरी यो गित निकालेको हो । तर सर्ट फिल्ममा भने यो गित समाबेश नहुने निर्देशक रजिन महर्जनले बताएका छन् ।

रामचन्द्र महर्जन र जमुना महर्जन निर्माता रहेको यस सर्ट फिल्ममा सहायक निर्देशक बिक्रम महर्जन हुन भने सञ्जिव रत्न शाक्यले कलर करेक्शन तथा कला निर्देशन गरेका छन् । उत्तम हुमागाईले छायांकन गरेको यस सर्ट फिल्म नेपाल र नेपाली दुबै भाषामा युट्युब मार्फत रिलिज गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?