गृहमन्त्री लामिछानको मुद्दाको पेशी तोकियो

लोकपथ
196
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको पेशी तोकिएको छ ।

गृहमन्त्री लामिछानेको मुद्दामा आगामी पुस २२ गतेलाई पेशी तोकिएको हो ।

उक्त मुद्दामा संवैधानिक इजलासले पुस ६ गते विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

लामिछानेको सांसद बन्ने योग्यतामाथि प्रश्न उठाउदै युवराज पौडेलले दायर गरको रिट निवेदनमाथि सर्वोच्चको संवैधानिक इजलासले सुनुवाई गरिरहेको हो ।

निवेदकहरुले माग गरेअनुसारको अन्तरिम आदेशका सम्वन्धमा दुवै पक्ष राखि अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा पुस २२ गते टुंगो लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?