जाडोमा श्वासप्रश्वास सम्बन्धी रोगबाट यसरी बचौँ

लोकपथ
52
Shares

काठमाडौं । जाडो बढ्दै गएको छ । योसँगै अस्पतालमा मौसमी रोगका बिरामीको चाप पनि बढेको छ । यो सिजनमा सरुवा रोगका बिरामी पनि बढेका छन् । चिसो महिनाहरूमा, श्वासप्रश्वाससम्बन्धी रोगहरूमा प्रायस् सामान्य अवस्थामा रुघाखोकी र फ्लू हुन्छ भने गम्भीर अवस्थामा निमोनिया देखिन्छ।

सामान्यतया चिसोमा मानिसलाई लाग्ने रोगका लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, सुख्खा खोकी लाग्ने, थकान हने, नाक बग्ने, घाँटी दुख्ने, स्वर सुक्ने आदि हुन्छ । जाडो मौसममा श्वासप्रश्वासको समस्या बढी हुने चिकित्सक बताउँछन् ।

यो कुनै व्यक्तिलाई हाछ्युँ गर्दा वा खोक्दास्वासप्रस्वासको माध्यमले अरु मानिसहरुलाई फ्लू लाग्ने गर्दछ । जाडोमा, धेरैजसो मानिसहरू घरभित्रै बस्छन्, जसले गर्दा भाइरसहरू हाछ्युँ र खोक्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ।

संक्रमणबाट आफूलाई कसरी जोगाउने ?

यी संक्रमणहरूबाट आफूलाई जोगाउन खाना खानुअघि साबुन पानीले हात धुनुपर्छ। यसबाहेक, खोक्दा र हाच्छिउँ गर्दा आफ्नो मुख ढाक्नुपर्छ । हाछ्युँ गर्दा दुबै हातले मुख छोप्नु पर्छ । यस पछि तुरुन्तै पानीले हात धुनुपर्छ। पन्जा र मास्क प्रयोग गर्न आवश्यक छ ।

र प्रयोग गरिएका मास्क र पन्जाहरु सुरक्षित रूपमा डिस्पोज गर्नुपर्छ । सङ्क्रमित व्यक्तिले सङ्क्रमणको अवधि समाप्त नभएसम्म घरमै आइसोलेसनमा बस्नुपर्छ । बालबालिकाको लागि रोटाभाइरस खोपले यस्तासमस्याबाट टाढा राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?