विश्वकै एक नम्बर भोड्का ब्रान्ड, स्मिरनफको उत्पादन अब नेपालमै

लोकपथ
28
Shares

काठमाडौं । विश्व प्रसिद्ध “स्मिरनफ भोड्का” नेपाल मै उत्पादन हुने भएको छ । विश्वकै नम्बर १ भोड्का “स्मिरनफ” हालसालै एक कार्यक्रम माझ नेपालको अग्रणी पेय उत्पादक, नेपाल लिकर्स प्रालिद्वारा सार्वजनिक गरिएको हो ।

कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन शुरु भएर बजारीकरण हुँदै गरेको छ । विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन शुरु हुँदै गरेको छ । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहेका छन् ।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । जस्तै एन्टिक्यटुी ब्लूव्हिस्की, सिग्नेचर प्रिमियर/रेयर व्हिस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की, ब्लूरिब्यान्ड जिन, आदि रहेका छन् । यो पटक भने संसारकै नम्बर एक भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गरेको हो ।

विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा विक्री हुने स्मिरनफ भोड्का नेपालमा ७ सय ५०, ३ सय ७५, र १ सय ८० मि.लि. क्रमश २ हजार २ सय, १ हजार १ सय र ५ सय ५० रुपैयाँ मूल्यमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?