महान्यायाधिवक्तामा डा. दिनमणी पोखरेलको नाम सिफारिस

लोकपथ
35
Shares

काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणी पोखरेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कानुनी सल्लाहकार समेत रहेको पद महान्यायाधिवक्तामा पोखरेललाई सिफारिस गरेका हुन् ।

पोखरेलले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्ने तयारी रहेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

पोखरेल यसअघि तत्कालिन सभामुख ओनसरी घर्तीको कानुनी विज्ञको रुपमा रहेका काम गरेका थिए । पोखरेल संवैधानिक कानुनका ज्ञाताका रुपमा रहेका छन् ।

यसअघि खम्बहादुर खाती महान्यायाधिवक्ता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?