पछिल्लो राजनीतिक प्रकरणबारे गहिरो समीक्षा हुन्छ : महामन्त्री थापा

लोकपथ
39
Shares

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको सत्ता राजनीतिमा आएको नाटकीय उलटफेरपछि लक्ष्यमा पुग्न लागेको कांग्रेस शून्यमा झरेको जस्तो अनुभूति भएको बताएका छन् ।

पोखरामा आज आयोजित साहित्य महोत्सवको ‘राजनीतिमा समाजको ऐना’ सत्रको संवादमा उनले पछिल्लो राजनीतिक प्रकरणबारे पार्टीभित्र गहिरो समीक्षा गरिने उल्लेख गरे । अप्रत्याशित रुपमा कांग्रेस सत्ताबाहिर रहनुपर्ने गरी घटनाक्रम विकसित हुँदा पनि पार्टी नेतृत्वबाट आफूलाई कुनै जानकारी नदिइएको महामन्त्री थापाले गुनासो गरे ।

‘हिजो बिहान ६ बजेदेखि पार्टी सभापतिको कतिबेला फोन आउँछ भनेर कुरेर बसेँ, पार्टीमा छलफल गरेर गठबन्धन बैठकमा निर्णय लिन्छु भन्ने सभापतिको कुरा पनि समाचार पढेर थाहा पाएँ’, उनले भने, ‘पार्टीभित्र त म पनि पर्छु, अनिवार्य पर्छु, तर मलाई बोलाइएन, अपमानित जस्तो हुनुप¥यो ।’

महामन्त्री थापाले जित÷हारको चरण सकिएको भन्दै कांग्रेस फेरि उठ्ने धारणा राखे । ‘पार्टीलाई सुदृढ र सबल कसरी बनाउन सकिन्छ भन्नेमा हामी सोचिरहेका छौँ, चिन्तन गरिरहेका छौँ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?