वाणिज्य बैंकको  ६ सय ८५ स्थानीय तहमा शाखा विस्तार

काठमाडौं । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तारको योजना गत वर्ष देखिनै लिएको भएपनि आर्थिक वर्ष २०७५÷७६ को मंसिर १० गतेसम्ममा ६ सय ८५ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बजेट कार्यान्वयनका लागि भएपनि  प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको आवश्यकता पर्छ । 

यसैगरी बैंकिङ्ग सेवाको पहुँच थप सरल र सहज बनाउन महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

चालुआर्थिक वर्ष भित्र सबै वाणिज्य बैंकहरुले प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था पनि छ । राष्ट्रियस्तर बाहेकका वित्तीय संस्थाहरुको कार्यक्षेत्रलाई प्रादेशिक संरचना अनुसार समायोजन गर्न नीतिगत व्यवस्था गरिने कार्य अगाडि बढाइएको राष्ट्र बैंकले जनाएको छ । 

हालसम्म बैंक तथा वित्तीय संस्थाहरुको शाखा ७ हजार १४ पुगेको छ । जसमा सबैभनदा बढी २८ वटा वाणिज्य बैंकको ३ हजार १ सय ४ वटा शाखा पुगेको छ । अब ६८ तहमा बैंक पुग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?