काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सोमवार ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक मन्त्रालयमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा गृह मन्त्रालयमा रवि लामिछाने नियुक्त भएका छन् ।
यस्तै, अन्य मन्त्रीहरुमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई, जनमत पार्टीबाट अब्दुल्ल खानले नियुक्त भएका छन् । उपप्रधानमन्त्री बाहेक अन्य मन्त्रीहरुलाई कार्यभार तोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया