उपप्रधानमन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
63
Shares

काठमाडौं ।  तीन उप्रपधानमन्त्रीले पद तथा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन् । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अर्का उप्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसैगरी तेस्रो उप्रधानमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने गृह मन्त्रालय जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गठन गरेको ८ सदस्यीय मन्त्रिपरिषदका अरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार भने पछि तोकिनेछ । ३ उपप्रधानमन्त्री र ४ जना मन्त्रीले सोमबार नै शपथ लिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?