काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन दौरा सुरुवाल लगाएर प्रचण्ड शीतल निवास पुगेका हुन् ।
शीतल निवासमा प्रधानमन्त्रीसहित ८ मन्त्रीको शपथ हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको हो ।
शीतल निवासमा पठाइएको सूचीअनुसार प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्री बन्नेछन् ।
उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनेछन् । रविले गृह तथा नारायणकाजीले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय पाउने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया