काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने टुंगो लागेको छ । सोमबार बसेको सात दलीय गठबन्धनको बैठकमा लामिछानेलाई गृहमन्त्री, विष्णु पौडेललाई उपप्रधानसहित अर्थमन्त्री र नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने सहमति भएको हो ।
यसअघि गृह मन्त्रालयमा श्रेष्ठ र लामिछानेको दाबी गरेपछि टुंगोमा पुग्न गाह्रो भएको थियो । अन्ततः श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी लिन तयार भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको ।
आजै प्रधानमन्त्री, तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया