नयाँ सरकार गठनसँगै सेयर बजारमा उछाल, १९ सय बिन्दुमा उक्लियाे नेप्से

लोकपथ
39
Shares

काठमाडौं । देशमा नयाँ सरकार निर्माण भएसँगै सेयर बजारमा उछाल आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वका सरकार बनेसँगै सेयर बजारमा उल्लास देखिएको हो ।

साथै, एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पुन अर्थमन्त्रीमा नियुक्त हुने हल्लाले सेयर बजारमा उल्लास ल्याएको हो ।

नयाँ सरकार गठन भएसँगै साताको कारोबारको पहिलो दिन सोमबार नेप्से सूचक ५६.८६ अंकले वृद्धि भएको छ । योसँगै नेप्से परिसूचक १९२४.०७ अंकमा उक्लिएको छ । साथै, २ अर्ब ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्ससमेत ८.३८ अंकले बढ्दै ३७५.४४ बिन्दुमा पुगेको छ । अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक आज धनात्मक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?