एमालेले टुंग्यायो थप तीन मन्त्रीकाे नाम

लोकपथ
630
Shares

काठमाडौं । नेकपा एमालेले नयाँ सरकारमा जानका लागि थप तीनजना मन्त्रीको नाम टुंग्याएको छ । जसमा राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीलाई एमालेले मन्त्री बनाउन लागेको हो ।

उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने बारे भने छिनोफानो भइनसकेको एमालेका एक नेताले बताए ।

यसअघि सात दलीय गठबन्धनले विष्णु पौडेललाई उपप्रधामन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने टुंगो लगाइसकेको छ । उनीसँगै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका छन् ।

आज टुंगो लागेका उपप्रधानमन्त्री र मन्त्रीले आज साँझ प्रधानमन्त्री प्रचण्डसँगै शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?