रविले भने – ‘उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा मेरो दाबी छ’

लोकपथ
117
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उप प्रधानमन्त्रीसहित गृहमन्त्रालयमा आफ्नो दाबी रहने बताएका छन् । सोमबार बसेको सात दलीय गठबन्धनको बैठकबाट निस्कनेक्रममा सभापति लामिछानेले कुराकानी गर्दै आफ्नो दाबीबारे बताएका हुन् ।

सरकार सञ्चालनका लागि तत्काल सानो मन्त्री मण्डल बनाउनेबारे छलफल भएको तर मन्त्रालयको भागबन्डाका बारे सहमति नभइसकेको उनले बताए ।

रवि नेतृत्वको रास्वपासहितका सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्रीका नियुक्त भएका थिए । नवनियुक्त प्रधानमन्त्री प्रचण्डसँगै केही उपप्रधानमन्त्री र मन्त्रीले आज साँझ शपथ ग्रहण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?