पार्टी सरकारमा गएको प्रति असहमत छु : रास्वपा केन्द्रीय सदस्य कार्की

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सरकारमा गएको प्रति असहमति जनाएका छन् । कार्कीले आज एक पत्र जारी गर्दै पार्टीको सरकारमा जाने निर्णयमा आफू असहमत रहेको बताएका हुन् ।

उनले सभापति, संसदीय दलको नेता तथा नेपाली नागरिकलाई बेआर्थ राख्दै असहमति पत्र दर्ता गरिदिन पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बुझाएका छन् ।

कार्कीले ‘रोक्ने यीनीहरुलाई भनिएका नेताहरुलाई उनीहरु भन्दा पहिले पुगेर ‘जंगलबाट आएकाहरुले पनि जंगलीराज पुग्यो भनिएकाहरुकै ‘राज’ लाई झन् सहज बनाइन्न थियो कि ! त्यस्तो के बाध्यताले ‘रोक्ने भनिएकाहरुलाई नै बोक्ने’ कित्तामा समाहित नभइ जनमुखी काम गर्नै सकिन्न भन्ने निष्कर्षमा पुगियो ? यो प्रश्नको जवाफ मसँग छैन ।

उनले अगाडी भनेका छन्, ‘यस्ता धेरै प्रश्नहरु दिमागमा खेलिरहेका छन्, नागरिकहरुले सोधिरहेका छन्, जसको जवाफ मसँग छैन । यी प्रश्नहरुको जवाफ दिन नसके पछि आफ्नो नैतिकताले सरकारलाई समर्थन गर्ने कुरामा सहमत हुन सकिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?