जनमत पार्टीले पायो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री हुने

लोकपथ
63
Shares

जनमत पार्टीले पायो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री हुने

काठमाडौं । राष्ट्रिय जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएको छ । सोमबार बिहान बसेको सात दलीय गठबन्धनको बैकठले जनमतलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।

गठबन्धनको निर्णयसँगै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने निश्चित भएको छ ।

जनमतसहितका सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्रीका नियुक्त भएका थिए । नवनियुक्त प्रधानमन्त्री प्रचण्डसँगै केही उपप्रधानमन्त्री र मन्त्रीले आज साँझ शपथ ग्रहण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?