हामी तीनबीच एकै पदमा प्रतिष्पर्धा नगर्ने सहमति छ: गगन थापा

लोकपथ
273
Shares

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका तीन युवा नेताबीच एकै पदमा प्रतिष्पर्धा नगर्ने समहति भएको खुलासा गरेका छन् ।थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र १४ औं महाधिवेशनमा महामन्त्री मै प्रतिष्पर्धी भई पराजीत प्रदीप पौडेलबीच एकै पदमा प्रतिष्पर्धा नबन्ने सहमति भएको हो ।

पोखरामा भएको नेपाल लिट्रेचर फेस्टिभलमा सम्बोधन गर्न शर्मासँगै मञ्चमा पुगेका थापाले उक्त खुलासा गरेका हुन् । शर्मादेखि प्रदीप पौडेलसम्मलाई एकै ठाउँ उभ्याउन कसरी सफल हुनुभयो भन्ने कार्यक्रम सञ्चालकको प्रश्नमा थापाले ‘हाम्रो पुस्ता पार्टी रूपान्तरणमा लाग्न र एकै पदमा प्रतिस्पर्धा नगर्न सहमत भएको’ जवाफ दिएका हुन् ।

उनले विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समर्थन नपाएको संसदीय दल नेताको उम्मेदवार बन्न नसक्ने र निर्वाचन नहुने पनि दाबी सुनाए । अर्का महामन्त्री शर्माले आफू मन्त्री हुन मात्र नभई सिंहदरबारमा बसेर देशकै नेतृत्व गर्ने लक्ष्य लिएर राजनीतिमा आएको र समय आएपछि सबै हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?