बैंकहरू कर्जा विस्तारमा अाक्रामक बन्दै

काठमाडाैं : चालु अार्थिक बर्षको शुरूदेखि नै लगानीयोग्य रकम (तरलता) अभाव झेलिरहेको दाबी गरेका बैंकहरूले मंसिर पहिलो सातादेखि नै अाक्रामण ढंगले कर्जा विस्तार गरेका छन् । 

मंसिरको पहिलो हप्ता बैंकहरूमा जम्मा भएकोमध्ये २ अर्ब रूपैयाँ निक्षेप घटेको छ । तर बैंकहरूले यही अवधिमा ५ अर्ब रूपैयाँभन्दा बढी रकम कर्जा परिचालन गरेका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक अन्तिम हप्ताभन्दा मंसिर पहिलो हप्तामा बैंकहरूको निक्षेप २ अर्ब रूपैयाँले घटेको देखिएको छ । तर मंसिर पहिलो सातामा २५ खर्ब ६४ अर्ब रूपैयाँ कुल निक्षेप रहेपनि बैंकहरूले २२ खर्ब ८८ अर्ब कर्जा बिस्तार गरेका छन् । 

कार्तिक मसान्तसम्म बैंकहरूमा २५ खर्ब ६६ अर्ब रूपैयाँ निक्षेप रहेको देखिएको छ । त्यतिखेर बैंकहरूले २२ खर्ब ८३ अर्ब रूपैयाँ कर्जा विस्तार गरेका थिए । 

असोज मसान्तयता विभिन्न बैंकहरूले ४२ अर्ब रूपैयाँ हाराहारीमा निक्षेप बढाएका थिए भने कर्जा पनि ४२ अर्ब रूपैयाँ नै प्रवाह गरेका छन् । गएको असार मसान्तको तुलनामा बैंकहरूमा ९४ अर्ब रूपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?