काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा सहभागि हुने तीनजना उपप्रधानमन्त्रीको टुंगो लागेको छ । सोमबार बिहान बसेको सात दलीय गठबन्धनको बैठकले उपप्रधानमन्त्रीका लागि एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन् ।
उपाध्यक्ष पौडेलले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने लगभग पक्कापक्की भइसकेको छ । भने, उनकै नेतृत्वमा एमाले सरकारमा सहभागि हुने भएको हो ।
त्यस्तै, माओवादीबाट श्रेष्ठ उपप्रधानमन्त्री बन्ने टुंगो लागिसकेको छ भने मन्त्रालयचाहिँ छिनोफानो हुन बाँकी छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले उपप्रधानसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयको दाबी गरिरहेका छन् । जसमा उपप्रधानमन्त्रीको टुंगो लागेपनि मन्त्रालयका लागि भने गठबन्धनभित्र छलफल भइरहेको छ ।
तीनैजना उपप्रधानमन्त्रीले आज साँझ प्रधानमन्त्री प्रचण्डसँगै शपथ ग्रहण गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया