उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा रास्वपाको दाबी

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा) ले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ ।सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल हुने भएपछि रास्वपाले सो मन्त्रालयमा दाबी गरेको हो ।

यद्यपी, अहिले नयाँ बानेश्वरस्थित संघीय ससंद भवनमा सत्ता गठबन्धनको बैठक जारी छ । उक्त बैठकपछि कुन पार्टीले कुन मन्‍त्रालय पाउने भन्ने टुंगो लाग्ने छ ।

प्रतिनिधिसभामा रास्वपाले २० सिट जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?