राप्रपाले सरकारमा सहभागि हुने/नहुनेबारे कुनै निर्णय लिएको छैनः अध्यक्ष लिङ्देन

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल सरकारमा जाने/नजानेबारे टुंगाे लागिनसकेकाे अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । सोमबार सरकारमा सामेल दलहरुको बैठकमा प्रवेश गर्ने क्रममा लिङ्देनले यसबारे कुनै निर्णय नभइसकेको बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको तर सरकारमा भने सहभागि हुने नहुनेबारे निर्णय लिनका लागि मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

‘अहिले हामीले समर्थनमात्र गरेका हौँ,’ उनले भने, ‘तर, सरकारमा सहभागि हुने या नहुनेबारे भोलिको कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?