कांग्रेस कार्यकर्तालाई विश्वप्रकाशको ढाडस– ‘डन्ट वरी’ हामी छौं !

लोकपथ
52
Shares

पोखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘नआत्तिन’ भन्दै आफ्ना कार्यकर्तालाई सान्त्वना दिएका छन् । पोखरामा जारी नेपाल लिटरेचरको फेस्टिवलमा उनले कार्यकर्तालाई ‘डन्ट वरी’ हामी छौं भन्दै ढाडस दिएका हुन् ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलो दल बने पनि सरकार गठन गर्न नसकेर चिन्तित भएका कांग्रेसका कार्यकर्तालाई उनले चिन्ता नगर्न आग्रह गरेका हुन् ।

प्रतिपक्षको भूमिकामा रहेर सरकारका गलत कदम विरुद्ध आवाज उठाउने उनले बताए । साथै उनले नेपाली राजनीतिलाई हालै सम्पन्न विश्वकपसँग तुलना पनि गरेका छन् । ‘वर्ल्डकपमा सबैभन्दा बढी गोल एम्बाप्पेले हाने । मंसिर ४ को निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै सीट जित्यो,’ उनले भने, ‘तर एम्बाप्पेले सबैभन्दा धेरै गोल हाने, गोल्डेन बुट पनि जिते । कप चाहीँ अर्कैले लग्यो । त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएको हो, कप अर्कैले लग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?