नेम्वाङको राष्ट्रपति बन्ने चाहना, पौडेलको नेतृत्वमा एमाले सरकारमा !

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको लगभग पक्कापक्की छ । सोमबार बिहान अध्यक्ष केपी ओली निवासमा पौडेल र अर्का उपाध्यक्ष सुवास नेम्वाङमध्ये एकजनाको नेतृत्वमा सरकारमा जानेबारे छलफल भएको थियो ।

नेम्वाङले राष्ट्रपतितर्फ चासो देखाएकाले पौडेलले नेतृत्व गर्ने लगभग पक्कापक्की जस्तै भएकोे एमाले स्रोतको दाबी छ । यद्यपि, छलफलबाट कसलाई नेतृत्व दिने भन्ने बारे टुंगो लगाउन अध्यक्ष ओलीलाई नै जिम्मा दिइएको छ ।

अहिले सत्तारुढ दलहरुबीच छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?