अाजदेखि नयाँ नेपाल लघुवित्तको १ लाख ३ हजार कित्ता शेयर लिलामीमा

काठमाडौं : नयाँ नेपाल लघुवित्तले अाज बिहिबार देखि १ लाख ३ हजार ३५३ कित्ता शेयर लिलामीमा राखेको छ । 

सर्वसाधारण समूहको १७ हजार २ सय ६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता शेयरलार्इ लिलामीमा राखिएको लघुवित्तले जानकारी दिएको छ । लघुवित्तको लिलामी शेयर किन्न चाहने लगानीकर्ताले न्यूनतम १०० रूपैयाँ र दोस्रो बजारमा प्रतिकित्ता शेयरको मूल्यलार्इ आधार मान्नुपर्ने हुन्छ । 

साउन २७ देखि भदौ ३१ गतेसम्म यो लघुवित्तले ६ लाख कित्ता (२५०%) हकप्रद शेयर जारी गरेको थियो । तर ४ लाख ९६ हजार ६४७ कित्ता हकप्रदका लागि मात्र शेयरधनीले आवेदन दिएका थिए । सो बेला बिक्न बाँकी शेयरलार्इ यो लघुवित्तले लिलामीमा राखेको हो । 

लिलामीको शेयर किन्न र्इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट मंसिर २० गतेभित्र आवेदन दिन सक्नेछन् । 

चुक्ता पूँजी २ करोड ४० लाख रूपैयाँ रहेको यो लघुवित्तले लिलामीमा रहेको शेयर बिक्री गरेपछि यसको आकार ८ करोड ४० लाख रूपैयाँ पु-याउनेछ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २१ लाख ९४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको यो लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रूपैयाँ ५६ पैसा र प्रतिशेयर नेटवर्थ १८२ रूपैयाँ २५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?